
पुर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पहलमा आज (मंगलबार ) निमुवा प्रहरी चौकीलाई चार चक्के गाडी हस्तान्तरण गराएका छन् ।
बुढीगंगा गाउँपालिका स्थित रहेका निमुवा प्रहरी चौकिलाई शान्ति सुरक्षा कायम गर्नको लागी नियमित रुपमा विभिन्न ठाउँहरुमा गस्ति जानु पर्दा चौकिमा गाडिको अभावले निमुवा प्रहरी चौकिलाई चार चक्के गाडि हस्तान्तरण गरीएको नेकपाका प्रदेश कमिटीका सदस्य सत्यनारायण चौधरीले बताउँनु भयो । पुर्व मन्त्री लाल बाबु पण्डित संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदाको समयमा आफनो क्षेत्र लगाएत विभिन्न क्षेत्रहरुमा विकाश निर्माणको कार्यसँगै विभिन्न स्थानिय तहहरुमा रहेका प्रहरी चौकिमा गाडि उपलब्ध गराएका थिए ।
निमुवा प्रहरी चौकिलाई गाडी हस्तान्तरण गर्नु अघि बुढीगंगा गाउँपालिकालाई गाडी मर्मतका लागी निसान कम्पनीको बा २ झ ५५५ नम्बारको गाडी उपलब्ध गराएको थियो । उक्त्त गाडी मर्मत गर्नको लागी बुढीगंगाबाट रु पाँच लाख रुपैया खर्च गरेर पुर्ण कन्डिसनमा ल्याएको बुढीगंगा गाउँपालिकामा पुर्व प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपानेले जानकारी गराउँनु भएको छ । हाल उहाँको कार्यकाल दुहवी नगरपालिकामा रहेको छ ।

गाडी हस्तान्तरण कार्यक्रममा बोल्दै मोरङ जिल्ला प्रहरी प्रमुख विश्व अधिकारले पुर्व मन्त्री लालबाबु पण्डित, नेकपाका सत्यनारायण चौधरी, बलभद्र सरदार थारु, बुढीगंगाका अध्यक्ष बालचन्द्र माझि, उपाध्यक्ष अमृता गच्छदार लगाएत पुर्व प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपानेको टिमलाई हार्दिक आभार प्रकट गर्नुभएको छ । निमुवा प्रहरी चैकिमा गाडी अति आवश्यक थियो । चौकिमा पुरानो गाडी विग्रीएर नचल्ने अवस्थामा रहेको समयमा गाडी आउँदा नेमुवा चैकिलाई काम गर्न निकै राहत भएको अधिकारीले बताए । हाल अहिले मोरङ्ग जिल्ला प्रहरी सँग ३७ ओटा गाडी रहेको बताउँनु भयो ।

लालबाबु पण्डित मन्त्री हुँदा गछिया प्रहरी चौकी, विराटनगर महानगरपालिका, रंगेली नगरपालिका, बेलबारी नगरपालिका , पथरी नगरपालिका , केराबारी गाउँपालिका , धनपालथान गाउँपालिका, महेन्द्र मोरङ क्याम्पस लगायत विभिन्न स्थानीय निकायलाई समेत गाडी उपलब्ध गराको युवा नेता तथा नेकपाका जिल्ला कमिटी सदस्य ओसिम आलमले बताउँनु भयो ।
गाडी हस्तान्तरण कार्यक्रमा बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द्र माझि, उपाध्यक्ष अमृता गच्छदार , मोरङ जिल्ला प्रहरी प्रमुख विश्व अधिकारी, नेकपाका प्रदेश कमिटी सदस्य सत्यनाराण चौधरी, नेकपाका जिल्ला कमिटी सदस्य बलभद्र सरदार थारु , रिता न्यौपाने, मनोज राई , डिल्लि अचार्य, लगाएत नेकपाका नेताहरुको उपस्थिती रहेको थियो ।
























