नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल सकिएको छ। मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीचको छलफल करीब साढे २ घण्टापछि सकिएको हो।
नेकपामा उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए। छलफलमा उनीहरुबीच सचिवालय बैठक बोलाउने विषयमा कुराकानी भए पनि टुंगो नलागेको प्रचण्डको सचिवालयले जनाएको छ।
अध्यादेश प्रकरणपछि प्रधानमन्त्री ओलीप्रति नेकपाका नेताहरु असन्तुष्ट छन्। आफ्नै कार्यशैलीका कारण रक्षात्मक बन्न पुगेका ओली अहिले असन्तुष्ट नेताहरुलाई फकाउने कोशिसमा छन्।
























