बिश्वब्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्दै कतारमा नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा एनसीसी कतारको श्रमिक कोष मार्फत कतारका ६३ जना नेपाली श्रमिकहरुलाई खाद्यान्न वितरण गरेको प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती कतारका सम्योजक उत्तम गुरुङ्गले जानकारी दिए ।

जसमध्ये ६० जना महिलाका लागि १७५ केजी चामल , २० लिटर तेल ,१५ केजी दल ,प्याज ३० केजी, आलु ५० केजी, चना १५ केजी र ३ जना पुरुषका लागि १५ केजी चामल , ३ केजी दल चाउचाउ लगायतका खाद्यान्न सामग्री वितरण गरिएको गुरुङ्गले बताए ।

राहत वितरण कार्यक्रममा आईसीसी मध्यपुर्ब सम्योजक प्रबिन गुरुङ्ग,आईसीसी सदस्य रमेश भट्ट, एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी दित्तिय उपाध्यक्ष कुमार खड्का,एनसीसी महासचिव पदम गिरी,एनसीसी महिला सम्योजक अम्बिका खत्री,एनसीसी सदस्यहरु सेवक घतानी,झबिन्द्र आचार्य,गजेन्द्र राई,राहत समिति सदस्य राम हामल, गम्भीर अधिकारी साथै विशेष सहयोगिहरु अर्जुन मुडवारी,प्रकाश ढकाल र प्रबिन कार्कि लगायत उपस्थिति रहेको थियो ।

हालसम्म कतारमा ११ हजार ९ सय २१ हजानामा कोरोना भाइरस पुष्टि भएको छ। जसमा १० हजार ७ सय ७७ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म १० जनाको मृत्यु भएको छ भने हालसम्म कुल ८८ हजार ६ सय ७ जनाको स्वास्थ्य जाँच गरिएको छ। अहिले सम्म कोरोनाबाट कति जना नेपाली संक्रमित भएका छन् या छैनन् भन्ने कुनै पनि तथ्याङ्क बाहिर नआएको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया