नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

साँझको रिपोर्ट अनुसार काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीया महिला, दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुष र उदयपुरका २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म ३६ जना  निको भएर घर फर्किएका छन् । तर ३ जनामा पुन: पोजेटिभ देखिएको छ ।

 

तपाईको प्रतिक्रिया