विराटनगर । सरकारले लकडाउनलाई खुकुलो बनाउदै लैजाने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणमा काम गरिरहेको उच्चस्तरीय समन्वय समितिले असार १ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने प्रस्ताव अगाडि सारेको छ ।

समितिले जिल्लासित्र र लामो दुरीका सवारी साधन सञ्चालन गर्ने, सबै प्रकारका उद्योग तथा व्यवसाय सञ्चालन गर्ने, आन्तरिक हवाई सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड तयार गर्ने सुझाव सरकारलाई दिएको छ ।

समितिले जेठ २५ गतेदेखि लकडाउनलाई धेरै खुकुलो बनाउने र असार १ गतेदेखि अधिकांश क्षेत्र निश्चित मापदण्ड पालना गर्दै सञ्चालन गर्न दिने गरी लकडाउनको स्वरुप परिवर्तन गर्ने सुझाव दिएको हो ।

सरकराले समितिको सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको खण्डमा अब असार १ गतेदेखि लकडाउन केवल सामाजिक दुरी कायम गर्ने, सभा सम्मेलन, भोज जस्ता कार्यक्रम नगर्ने र शैक्षिक संस्था सञ्चालन नगर्ने हदसम्म मात्र कायम रहने देखिन्छ ।

असार १ गतेदेखि खुल्ने सम्भावना भएका क्षेत्रहरु

दैनिक उपभोग्य सामाग्री र अन्य सामग्री बिक्री गर्ने पसलहरु

डिमार्टमेन्ट स्टोरहरु

कपाल काट्ने सैलुन, अस्पताल, प्रयोगशाला र निजी क्लिनिकहरु

जिल्ला भित्र चल्ने सवारी साधनहरु

सबै प्रकारका उद्योगहरु

आन्तरिक हवाई सेवा

धार्मिकस्थलहरु

लामो दूरीका यात्रुवाहक सवारी साधानहरु

मदिराजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु

सपिङ मलहरु आदि ।

आन्तरिक हवाई सेवा र लामो दुरीका साधनमा आधा मात्र यात्रु बोक्ने अनुमति दिने सिफारिस भएको बताइएको छ ।

शैक्षिक संस्था, रेष्टुरेन्ट, खाजा पसलहरु असार १७ गतेपछि संक्रमणको अवस्था हेरी ठाउँ अनुसार सञ्चालन गर्न दिने सिफारिस गरिएको छ ।

भदौसम्म बन्द हुने क्षेत्रहरु

सभा समारोह, उत्सव, भोज भतेर आदि कार्यक्रम

सिनेमा हल, नाटक तथा नाचघर र फिटनेस सेन्टरहरु

तपाईको प्रतिक्रिया