ेपालमा शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ ।

शनिबार मात्रै ९३ जना डिस्चार्ज भएका छन् । अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा दुई हजार ६६ जना, वागमतीमा पाँच सय ७५ जना, गण्डकीमा तीन सय १३ जना, प्रदेश पाँचमा तीन सय ८७ जना, कर्णालीमा दुई सय ९७ जना र सुदूरपश्चिममा एक हजार ६ सय ७५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रालयले कुल सङ्क्रमितको ७२ दशमलव १ प्रतिशत व्यक्ति निको भएको जनाएको छ । हाल देशभर ११ हजार पाँच सय ३३ जना व्यक्ति क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया