नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ जनाको र विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना गरी ९ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ गरी जम्मा ८ जनाको मृत्यु भएको हो।
मन्त्रालयका अनुसार काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना गरी जम्मा ८ जनाको मृत्यु भएको हो।
त्यसै गरी कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका विराटनगर ५ का ५७ वर्षिय पुरूषको बुधबार अपरान्ह ५ बजे मृत्यु भएको अस्पतालका डा. दिपक सिग्देलले जानकारी दिए।
दम र सुगरका विरामी उनमा साउन २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अक्सिजन दिएर राखिएका विरामी उपचारको क्रममा मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारयण यादवले जानकारी दिए । मृतक नेपाल विद्युत प्राधिकरणका कर्मचारी भएको खुलेको छ । अस्पतालमा भर्ना हुँदै अक्सिजनको मात्रा ८४ प्रतिशत मात्र रहेकोमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । योसँगै विराटनगरमा कोरोनाका कारणले मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तपाईको प्रतिक्रिया