वृक्षको जस्तो माथि फैलिएर स्थिर रहने भएकाले यो आसनालाई वृक्षासन भनिन्छ । यो सन्तुलन कायम गर्ने आसनको वर्गमापर्छ । कुनै क्षेत्रमा सफलता प्राप्त गर्नको लागीलागि मन र तनलाई एकजुट र सन्तुलित हुन जरूरी छ। दुवै खुट्टा जोडेर हातलाई शरीरको दायाँ बायाँ राखी उभिनुहोस् । अब उभिएकै अवस्थामा जिउलाई एउटा मात्र खुट्टा (दाहिने गोडा) ले टेकेर राम्ररी सन्तुलनमा राखी दुवै हातको सहयोगले दायाँ खुट्टालाई खुम्च्याएर पैतालालाई तिघ्राको भित्री भागमा अड्याएर राख्नुहोस् । दुवै हातलाई नमस्कार मुद्रामा ल्याई एकैछिन शरीरलाई सन्तुलनमा राखी अडिनुहोस् । श्वास लामो गर्दै अगाडिको कुनै बिन्दुमा ध्यान केन्द्रित गर्दै रहनुहोस् । बिस्तारै श्वास लिँदैहातलाई टाउको माथि नमस्कार मुद्रामा नै राखी तन्काउनुहोस् । यस अवस्थामा हलचल नगरी वृक्षजस्तै स्थिर रहनुहोस् । यो आँखा खोलेर र अभ्यस्त हुँदै गएपछि आँखा बन्द गरेर पनि अभ्यास गर्न सकिन्छ । केहीबेर बसेपछि खुट्टा खोल्नुहोस् र पुनः बायाँ खुट्टाले टेकेर र दायाँलाई खुम्चाएर पहिले जस्तै सिलसिलाबद्ध अभ्यास गर्नुहोस् । फाइदा वृक्षासनको नियमित अभ्यासले शारीरिक सन्तुलन, मानसिक एकाग्रता र स्मरण शक्ति बढाउन मदत मिल्छ । तनाव, रिस, मानसिक चञ्चलता आदि घटाउन यो आसन सहयोगी छ । रक्त संचार प्रवाह गर्न मद्दत गर्छ । यो आसनले खुट्टालाई बलियो र सबल बनाउँछ । सावधानी बढी मोटोपना र घुँडा दुखेको अवस्थामा अभ्यास नगर्नुहोस् । -स्रोत : राष्ट्रिय योगाक्रम पुस्तकबाट
तपाईको प्रतिक्रिया







सम्बन्धित समाचार
कोशी अस्पतालको अतिक्रमित जग्गामा डोजर, व्यावसायिक संरचना हटाउन सुरु
विराटनगर : कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचना हटाउने अभियान सोमबार बिह...
दुहबीबाट १०७ ग्राम ब्राउन सुगरसहित दुई युवा पक्राउ
धरान : सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढी खोलाको पुल नजिकबाट प्रहरीले १०७ दशमलव ४५ ग्राम ब्राउन सुगरसहित दुई ...
अर्जेन्टिनासँगको हारपछि इजिप्टका प्रशिक्षकको आरोप : फिफा मेसीलाई जिताउन लागिपर्यो
विश्वकपको अन्तिम १६ मा अर्जेन्टिनासँग ३–२ को पराजय भोग्नुपरेपछि इजिप्टका प्रशिक्षक होसाम हसनले आफ्नो टोली अन्यायको सिकार...
मोरङमा पारिवारिक विवादले रक्तपात, एउटै घरमा एकको हत्या, अर्का घाइते
मोरङ : मोरङको ग्रामथान गाउँपालिकामा भाउजूको ज्यान बचाउन खोज्ने ठुलोबुबासमेत खुकुरी प्रहारमा घाइते भएका छन्। देवरले आफ्नै...
कोषराज खनालको नेतृत्वमा बुढीगंगामा ‘लायन्स क्लब अफ राइजिङ लिडर’को नयाँ अध्याय सुरु हुँदै
मोरङ । मोरङको बुढीगंगा गाउँपालिकाबाट युवा नेतृत्व, सामाजिक सेवा र मानवीय अभियानलाई केन्द्रमा राख्दै ‘लायन्स क्लब अफ राइज...
छात्रामाथि यौन दुर्व्यवहारको आरोप, उजुरीपछि पक्राउ
झापा : झापाको अर्जुनधारा–५ स्थित भानु माध्यमिक विद्यालयका एक शिक्षकविरुद्ध छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहर...















