केराबारीमा चाडपर्व नजिकिदै गर्दा चोरीका घट्ना वढ्दै
केराबारी । माेरङकाे केराबारीमा दुले चोरहरुको वढ्दै गएका छन् ।घरमा कोही नभएको मौका छोपेर घरायसी सामान, गरगहना लुटपाट तथा धनमाल चोरी गर्ने क्रम वढेको हो ।
केराबारीमा केही दिन देखि श्रृङखलाबद्ध चोरीका घट्ना वढेको प्रहरीमा उजुरी आएको र कतिपय गाउलेहरुले पनि संकास्पद चोरहरुलाई निगरानी वढाईरहेको बेला विहिबार साझ केराबारीमा एउटा घरमा चोरी गर्दागर्दै एकजना लागुऔषध प्रयोगकर्ता समातिएका छन् ।
अनुग्रह चर्चसंगै सटेको घरको कोठाभित्र प्रवेश गरी दराज खोली चोरी गर्न लाग्दै गर्दा केराबारी ३ का रुपेश सार्कीलाई पक्राउ गरिउको प्रहरीले जनाएको छ।
उनी लागुऔषध प्रयोगकर्ता समेत रहेको बताइएको छ । यस अघि पनि विभिन्न समयमा केराबारी १०,३ ७ लगायतको विभिन्न स्थानहरुमा चोरीका घ्टना वढेको पाइएको छ । प्रहरीले यस १ जनालाई जेल चलान गरिसकेको र ३ जनालाई सुधार केन्द्रमा पठाइएको बताएको छ ।

तपाईको प्रतिक्रिया