विराटनगर । नेपालको प्रतिष्ठित जुत्ता ब्राण्ड ब्ल्याक होर्स शुजले विराटनगरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको छ।

ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै शनिबारदेखि सेन्ट्रल मलको ग्राउण्ड फ्लोरमा आफ्नो नयाँ शोरुम संचालनमा ल्याएको हो।

नयाँ शाखा संचालनमा आएको उपलक्ष्यमा ग्राहकहरूका लागि विशेष छुट अफर ल्याइएको छ। एक जोडी जुत्ता खरिद गर्दा एउटा वालेट उपहार स्वरुप पाइने,स्क्राच कार्ड र ५ प्रतिशत नगद छुटको व्यवस्था रहेको छ । यो अफर दशैँ,तिहार र छठ पर्वसम्म मात्र लागु हुने संचालक हैदर खानले बताए।

ब्ल्याक होर्स एक गौरवपूर्ण नेपाली ब्राण्ड हो, जसले आफ्नो उच्च गुणस्तर र फेशनेबल डिजाइनका कारण देशभर लोकप्रियता हासिल गरेको छ।

तपाईको प्रतिक्रिया