इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका १ झण्डा चोकस्थितमा दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको छ ।
उदयपुरबाट झण्डा चोकतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा धरानका एक पुरुषको मृत्यु भएको हो ।प्र १-०२-०४४ प २७६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक धरान उपमहानगरपालिका ८ बस्ने ६२ वर्षीय योगेन्द्रराज तामाङको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको हो ।घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया