एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हमलामा आफ्ना नेता फतेह सरिफ अबु अल-अमिन पनि मारिएको हमासले जनाएको छ।हमासले अल-अमिनसँगै उनका परिवारका केही सदस्य पनि मारिएको बताएको छ।

लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी सहर तायाहनजिकै रहेको एउटा शिविरमा हवाई आक्रमण गरेको जानकारी दिएको थियो।

यसैबीच इजरायली रक्षा बल (आईडीएफ) ले भन्यो- हमास नेता अल-अमिनले लेबनानमा हिजबुल्लाहसँग मिलेर हमासको आतंकवादी गतिविधि गरिरहेका थिए।यद्यपि हमास गाजामा बढी सक्रिय छ।

हमास र इजरायलबीच झण्डै एक वर्षदेखि युद्ध चलिरहेको छ।हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन छ।

तपाईको प्रतिक्रिया