सुनसरीको दुहबी नगरपालिका आर्थिक वर्ष २०८०(८१ मा सञ्चालित स्वास्थ्य कार्यक्रम कार्यान्वयन गर्नेमा जिल्लाकै सर्वोत्कृष्ट बनेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको जिल्ला स्तरीय एकीकृत वार्षिक समीक्षा कार्यक्रममा दुहबी नगरपालिका सर्वोत्कृष्ट घोषित भएको हो ।विभिन्न ४० वटा स्वास्थ्य सूचक कार्यान्वयन गर्नेक्रममा दुहबीले ७१ प्रतिशत अंक हासिल गर्दै लगातार दोस्रो पटक जिल्लामा सर्वोत्कृष्ट बनेको हो । इटहरी उपमहानगरपालिका ६९ दशमलव १३ प्रतिशत अंक हासिल गर्दै दोस्रो बनेको छ ।
सुनसरीका १२ वटै स्थानीय तहबिच गरिएको मुल्याङकनमा बर्जु गाउँपालिका ६९ दशमलव ०३ प्रतिशत अंक हासिल गर्दै तेस्रो बनेको छ । पालिकाको वार्षिक रिपोर्ट, बजेट कार्यान्वयनको अवस्था लगायत विभिन्न ४० वटा सूचकको आधारमा मुल्याङकन गर्दा दुहबी, इटहरी र बर्जु गाउँपालिका पुरस्कृत बनेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए।
उनीहरूलाई जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहता र स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख प्रसाईँले सम्मान तथा पुरस्कृत गरे ।
स्वास्थ्य कार्यालय सुनसरीको रुषा उपाध्याय, पूजा कार्की र सिताराम मेहताको छनौट समितिले गरेको छनौटको आधारमा उनीहरूलाई पुरस्कृत गरिएको प्रसाईँले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया