माेरङकाे लेटाङबाट तास खेल्दै गरेका ९ जना बुधबार राति पक्राउ परेका छन् ।
लेटाङ नगरपालिका-५ खेरुवाका कसम सूर्य मगरकाे घरकाे काेठामा चलिरहेको तासकाे खालमा इलाका प्रहरी कार्यालय लेटाङकाे टाेलीले राति ११:३० बजेतिर छापा हानेकाे थियाे ।
त्यस क्रममा घरधनी ३१ वर्षीय कसम सूर्य मगरसहित लेटाङ-५ का ५० वर्षीय कर्ण मगर, ४० वर्षीय दिलिपकुमार राई, ३७ वर्षीय दीपक विश्वकर्मा, ३१ वर्षीय डम्बर थापा, ३७ वर्षीय किरण मगर तथा लेटाङ-४ का ३१ वर्षीय सागर भुजेल, लेटाङ-३ का ३६ वर्षीय नरबहादुर गुरुङ र ३१ वर्षीय दिपेन श्रेष्ठ पक्राउ परेका छन् ।
माेरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जाेशीका अनुसार पक्राउ परेकाले खेल्न प्रयाेग गरेकाे १ सय ९ पत्ती तथा नखाेलिएकाे २ बुक तास खालबाट बरामद भएकाे छ । त्यस्तै, खालबाट ४८ हजार ५ सय र खेल्नेहरुकाे साथबाट ६१ हजार ८ सय गरेर १ लाख १० हजार ३ सय रूपैयाँ बरामद भएको जाेशीले बताए ।पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय लेटाङकाे हिरासतमा राखिएकाे छ । यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी जाेशीले दिए ।























