Image result for चितवनमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

चितवनमा  बालिका बलात्कारको आरोपमा माडी ब्रह्मपुरीबाट एक शिक्षक पक्राउ परेका छन् ।

स्थानीय एक बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्भसिंह बि.क.लाई गत साेमबार नै  पक्राउ गरेपनी प्रहरीले बुधबारमात्र सार्वजनिक गरेको हो । उनी स्थानीय विद्यालयमा शिक्षण गरिरहेका पुराना शिक्षक हुन् ।

बि.क.लाई  घरबाटै नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनले सोही ठाउँकै ति बालिकालाई विगत दुई वर्षदेखि आर्थिक प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरिक्षक एकनारायण कोइरालाले बताए ।

बि.क.माथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया