Image result for जिप दुर्घटना

बिहिबार बिहान प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा  जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् ।

भिंग्रीबाट पानी बोकेर स्वर्गद्धारी जादैँ गरको  ग १ च ५२४९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु तीन जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

जिप सडकबाट ३ सय मिटर तल खसेर उक्त दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न बाँकी छ भने घाइतेहरुलाई थप उपचारको लागी भैरहवा ल्याउदै  छ ।

घटनाबारे अनुसन्धान भईरहेको छ ।  घटनाको बिस्कृत बिवरण आउन बाँकी नै रहेकाे छ ।

तपाईको प्रतिक्रिया