काठमान्डाैं / कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ । धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो । गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन्

उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए । सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्याधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् । आजको राजधानी दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया