प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सम्बद्ध नेपाल दरुण दलले आज (शुक्रबार) बाँकेमा बन्द आह्वान गरेको छ ।

आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा तरुण दलले विरोध प्रदर्शन गर्दै बन्द आह्वान गरेको हो ।

कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगञ्जबाट तरुण दल नेपालगञ्जका सभापति सन्दीपजंग शाहसहित ४ जनालाई पेस्तोलसहित पक्राउ गरेको थियो ।  उक्त हतियार प्रहरीकै भएको र आफ्ना कार्यकर्तालाई फसाउन खोजिएको दाबी गर्दै आएको तरुण दलले पक्राउ परेकालाई छुटाउन माग राख्दै नेपालगञ्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।

बन्दले त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

तपाईको प्रतिक्रिया