Image result for आलम थुनछेक बहस

रौटहटमा  १२ वर्ष अघी गरिएको बम बिस्फोटको आरोपमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमलाई थुनामा राख्ने फैसला भएको छ ।

जिल्ला अदालत रौतहटमा  एक हप्ता भन्दा बढी समय देखी चलिरहेको थुनछेक बहसमा उनी दोषी ठहर  भएपछी  उनलाई  पूर्पक्षका लागि थुनामा राख्ने फैसला भएको हो ।

शुक्रबार उनको थुनछेक बहस सकिएपछी  रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासलेउनलाई थुनामा राख्ने आदेश भएको हो ।  आज वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, विनोद पटेलले बहस गरेका थिए ।

आलममाथी   २०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटमा घाइते भएकालाई सुई लगाएर बेहोस बनाई  इट्टाभट्टामा हालेर हत्या गरेको आरोप छ ।

तपाईको प्रतिक्रिया