Related image

शुक्रवार बिहान  धनुषामा बसले मोटरसाइकललाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जनकपुरधामबाट विराटनगर जाँदै गरेको बसले लक्ष्मिनिया गाउँपालिका वडा नं. ६ निकालमा ज ९ प ५४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई मध्ये एकको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक  धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का ४१ वर्षीय गोविन्द साह रहेका छन् ।

उक्त दुर्घटनामा परी घाइते हुने  धिरेश साह घाइते को उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया