एक महिला आफ्ना ३ जना छोराछोरीलाई घरमा थुनेर नयाँ ब्वाइफ्रेण्डसँग रात बिताउनका लागि होटल गइन् । ३२ वर्षकी महिलालाई यो अपराधको लागि १८ महिनाको जेल सजाय सुनाइएको छ । घटना इङल्याण्डको लंकाशायरको हो । महिलाले आफैं होटलमा कोठा बुक गरेकी थिइन् ।

डेलिमेलको रिपोर्ट अनुसार महिलाले आफ्ना ३ सन्तानलाई बेडरुममा बन्द गरिन् । केही ट्वाइलेट पेपर र एउटा बाल्टिन बेडरुममा राखिदिइन् । त्यसपछि उनी होलिडे इन होटलमा आफ्ना नयाँ ब्वाइफ्रेण्डसँग रात बिताउन गइन् । महिलाले आफ्ना छोराछोरीलाई त्यो दिन कोठामा बन्द गरेकी थिइन् जुन दिन उनका सबैभन्दा सानो छोराको सातौं जन्मदिन थियो ।

पुलिस अफिसर महिलाको घरमा पुग्दा बालबालिकाहरु निकै दयनीय हालतमा भेटिए । बच्चाका पिता महिलासँग सम्बन्ध विच्छेद गरेर छुट्टिइसकेका थिए । तर उनले बच्चाहरुलाई घरमा एक्लै छाडेर गएकोमा आपत्ति जनाएका थिए । प्रेस्टन क्राउन कोर्टमा यस विषयमा भएको सुनुवाइपछि महिलालाई दोषी ठहर गरियो ।

जाँचका क्रममा पुलिले महिलाले नै कोठा बुक गरेको प्रमाण भेटेको थियो । महिलाले सुरुमा आफ्नी बहिनीलाई बच्चाहरुको हेरविचार गर्न भनेकी थिइन् । तर यस्तो हुन नसकेपछि उनले बच्चाहरुलाई बेटरुममा ताला लगाएर थुनिदिइन् । घटना १५ सेप्टेम्बर २०१७ को हो । घटनाको भोलिपल्ट घर पुगेकी महिलालाई पक्राउ गरिएको थियो ।

तपाईको प्रतिक्रिया