खोटाङको रावावेशी गाउँपालिका-३ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका-३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गेरको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल सडकबाट करिव २०० मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका-४ का १८ बर्षीय निङमा तामाङ घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।

तपाईको प्रतिक्रिया