Related image

मंसिर १, रौतहट । शनिबार साँझ रौतहटको एक होटलमा आपत्तिजनक अवस्थामा भेटिएका ७ जना बिरुद्ध मुद्दा दर्ता हुने भएको छ  ।

रौतहटको मुख्य व्यापारिक केन्द्र गरुडास्थित होटल खुसीमा छापा मार्दा पक्राउ परेका दुईजना केटी र पाँचजना केटा गरी सात जान बिरुद्ध मुद्दा दर्ता हुन लागेको  हो ।

यौन धन्दामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका धीमाई नपा–५ का चन्द्रिका साह, वडा ३ का बिनोद ठाकर लोहार र राधेश्याम प्रसाद कुश्वाहा, गरुडा नपा जिंगडिया टोलका शेख साजिद आलम र हाटल सञ्चालक गरुडा–५ महमदपुरका शिवप्रसाद साह र सर्लाही घर भएका दुई जना युवती बिरुद्ध मुद्धा दर्ता हुन लागिएको हो ।

प्रहरीका अनुसार  विशेष सूचनाको अधारमा पक्राउ परेका उनीहरुमाथी हाल अनुसन्धान भईरहेको र अनुसन्धान पछि मुद्दा चलाउने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया