काठमाडौंको बसन्तपुरमा मादक पदार्थ सेवन गरी सामान्य बिवादमा आफ्नै साथीकाे हत्या गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अनुसार काठमाडौं १२, ह्युमत टोल बस्ने ४६ वर्षका मनिषकुमार खड्गी आफ्नै साथीको हत्याको आरोपमा पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त, जनसेवाका अनुसार शनिबार राती मादक पदार्थ सेवन गरी बिवाद हुँदा आफ्नै साथी  काठमाडौं १९, दमाई टोल बस्ने ४५ वर्षका अरुण चित्रकारको हत्या गरेका थिए ।

पक्राउ परेका खड्गीले आफूलाई सधैं हेप्ने गरेकाले रिसको झोँकमा छुरा प्रहार गरेर हत्या गरेको बयानको क्रममा बताएको प्रहरीले जानकारी दिएका छन् ।  हाल पक्राउ परेका खड्गीमाथी कारवाहीको लागि अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया