अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हा:मफा:लेर भाग्ने क्रममा आज एक जनाको निधन भएको छ । निधन हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए ।

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हा:मफा:ल्दा उनी ग’म्भीर घाइते भएका थिए । घाइते कँडेलको उपचारका क्रममा आज बिहान भरतपुर अस्पतालमा निधन भएको हो । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ । कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हा’मफा’लेका थिए ।

घर बिदामा आएको समयमा मा’दक प’दार्थ से’वन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो । इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दु’व्र्यव’हार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हा’मफा’लेको प्रहरीले जनाएको छ ।

हिजो (शनिबार) राति इच्छाकामना मन्दिरमा लागेको मेला हेरेर आज विहान फर्किने क्रममा गाडीभित्र कँडेलले अ’भद्र व्य’वहार गरेपछि उनलाईसंगै रहेका प्रहरी जवानले अस्थाइ प्रहरी पोष्ट फिस्लिङमा राखेको थियो ।

तपाईको प्रतिक्रिया