काठमाडौं / आपत्तिजनक अवस्थामा ९ जोडीलाई  बाराको सिमराबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा कतिपय सरकारी कर्मचारी पनि रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

शनिबार दिउँसो जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा प्रहरीले छापा हानेको थियो ।

उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया