मोरङ्गको बुढीगंगा गाउँपालिका वडा नं.२ स्थित रहेको स्वास्थ्य चौकि टंकिसिनवारी भवनमा सुविधा सम्पन्न महिला प्रसुति भवन स्थापना भएको छ । उक्त्त स्वास्थ्य चौकि भवनको उद्धघाट्न प्रदेश नं.१ का प्रदेश सभा सदस्य माननीय श्री केदार कार्की ज्यूबाट समुद्घाटन गरीएको थियो । कार्यक्रममा स्वास्थ्य चौकि भवनको व्यवस्थापन समितिका अध्यक्ष तथा बुढीगंगा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष रेवती नारायण चौधरीको अध्यक्षतामा गरीएको थियो । कार्यक्रममा विशिष्ट अतिथीमा बुढीगंगा गाउँपाकिकाका स्वास्थ्य चौकि भवनको जग्गा दाता स्थानिय तथा समाजसेवी हरीसरण विश्वास त्यसैगरी बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि, उपाअध्यक्ष अम्रिता कुमारी गच्छदार रहेको थियो ।

Image may contain: 4 people, people standing
त्यसैगरी अतिथीहरुमा गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य लगाएको समाजसेवीहरुको उल्लेखिनिय उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्त्वय स्वास्थ चौकि व्यवस्थापन समितीका उपाअध्यक्ष पाचि विश्वासले गरेकि थिइन् ।
गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझिले सम्पुर्ण गाउँबासीहरुलाई शुभकामना दिदै अबको यस मंशिर महिनामा कुनै पनि महिलाले यस टंकिसिनवारी महिला प्रसुति भवनमा पहिलो प्रसुति गराउने महिलालाई नगद रु २५ हजार त्यैगरी दोस्रो प्रसुति गराउने महिलालाई नगद रु १५ हजार र तेस्रो महिलाले नगद रु १० हजार दिने घोषण गरेका थिए । त्यसैगरी प्रदेश नं.१ का प्रदेश सभा सदस्य माननीय श्री केदार कार्कीबाट यस मंसिर महिना भरी सम्पुर्ण प्रसुति गराउने महिलाहरुलाई व्यक्तिगत तर्फबाट एक वटा साडि दिईने गोषण गरीएको बुढीगंगा गाउँपालिकाका सुचना अधिकृत मोहन तव्दारले जानकारी दिइएका छन् ।

 

तपाईको प्रतिक्रिया