विराटनगर/ मोरङको जहदा गाउ“पालिका १ का कार्यबहाक वडा अध्यक्ष पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उमेशकुमार साहलाई मंगलबार वडा कार्यालय भित्रैबाट २१ हजार रुपैया“ लि“दै गर्दा रंगेहात पक्राउ गरेको हो । सडक स्तरोन्नतिका लागि दुई लाख रुपैया“को योजना सम्झौता गर्ने क्रममा साहले २१ हजार घुस मागेको आयोग इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले बताएका छन् ।
विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको हत्या आरोप लागेका वडा अध्यक्ष प्रदीप यादव फरार भएपछि साहलाई कार्यबहाक दिइएको थियो । विराटनगर महानगरपालिका–१४ का समानन्द यादवको गत जेठ ३२ गते गरिएको कुटपिटका कारण असार २७ गते मृत्यु भएको घटनामा संलग्न यादवलाई जिल्ला अदालत मोरङले पक्राउ पुर्जी समेत जारी गरेको छ ।

तपाईको प्रतिक्रिया