मंसिर ६, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलाली मानव बेचबिखन, ओसारपसार तथा देहव्यापारमा संलग्न देखिएकी एक होटल संचालिकालाई  पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका २ अत्तरिया बजारमा रहेको राजु होटलकी संंचालिका गौरादेवी राना रहेकी छिन् ।

प्रहरीका अनुसार उनीमाथी एक बालिकालाई कामको प्रलोभनमा पारी दैनिक ९/१० जना ग्राहकसँग जबरजस्ति यौनधन्दा लगाउने गरेको आरोप लागेको छ ।

पक्राउ परेकी रानामाथी मानव बेचबिखन तथा ओसारपसार शीर्षकको मुद्दामा अनुसन्धान सुरु गरिएको जिप्रका कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया