alt

इटहरी । इटहरीमा पहिलो पटक रात्रीकालिन वाईवाई एरिना गोल्डकप फुटवल प्रतियोगिता हुने भएको छ । एरिना टेलिभिजनको आठौ बार्षिक उत्सवको अवसर पारेर एरिना टिभिले पहिलो पटक रात्रीकालिन गोल्डकप प्रतियोगिता गर्ने लागेको हो ।

मंसिर २० गतेबाट इटहरी रंगशालमा हुने गोल्डकपमा प्रतियोगितामा प्रदेश १ को अधिकांस नगरपालिकाको सहभागी रहने एरिना टेलिभिजनका प्रबन्ध निर्देश समिर कार्कीले बताए । बार्षिक उत्सवको अवसरमा खेल क्षेत्रलाई विशेष प्रथामिकता दिएर कार्यक्रम आयोजना गरिएको प्रबन्ध निर्देशक कार्कीले बताए ।

इटहरी प्रमुख कार्यलय रहेको एरिना टेलिजिनले यस अघि पनि रात्रीकालिन क्रिक्रेट प्रतियोगिता सम्पन्न गरिसकेको छ । यो गोल्डकप प्रतियोगिता नै इटहरीको लागि पहिलो रात्रीकालिन गोल्डकप प्रतियोगिता होे ।

तपाईको प्रतिक्रिया