मंसिर ७, सिरहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग लिएको घुससहित भूमि सुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुखलाई पक्राउ गरेको छ ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले पाँच लाख घुससहित मालपोत कार्यालय प्रमुख रामबाबु मण्डललाई पक्राउ गरेको हो ।

सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा प्रमुख मण्डललाई कार्यालयबाटै रङ्गेहात पक्राउ गरेको आयोगले जनाएको छ । मण्डलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया