alt

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज (शनिबार) रुस जाँदै छन्। परराष्ट्रमन्त्री ज्ञवाली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस र सर्बियाको साताव्यापी औपचारिक भ्रमणमा निस्कन लागेका हुन्।

शनिबार अपराह्न ४ बजेपछि भ्रमण टोली रुस प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र सविच शंकरदास बैरागी, रुस र सर्वियाका लागि नेपाली राजदूत र अन्य सरकारी अधिकारी रहने छन्।

नेपालबाट परराष्ट्रमन्त्री स्तरबाट ८ वर्षपछि रुसमा भ्रमण हुन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा ज्ञवालीले रुसी समकक्षी सर्गेइ लाल्याभरोमसँग मंसिर १० गते द्विपक्षीय प्रतिनिधिण्डल स्तरमा वार्ता गर्ने छन्। त्यस क्रममा नेपाल र रुसबीच आपतकालीन पूर्व तयारी तथा प्रतिकार्यका क्षेत्रमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ।

रुसमा रहँदा मन्त्री ज्ञवालीले नेपाल–रुस सम्बन्धबारे त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध सम्बन्धी संस्थाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

सन् २०११ मा तत्कालीन पररराष्ट्र मन्त्री उपेन्द्र यादवले रुसको भ्रमण गरेका थिए। सन् १९९२ मा रुसका परराष्ट्रमन्त्री नेपाल आएका थिए।

उनले रुसका राजनीतिक पार्टीका नेता र गैरआवासीय नेपालीहरुका प्रतिनिधिसँग पनि भेटघाट गर्ने छन्।यसैगरी मन्त्री ज्ञवाली मंसिर ११ गते सर्बिया भ्रमणमा जाने छन्। मन्त्री ज्ञवाली मंसिर १४ गते स्वदेश फर्किने छन्

तपाईको प्रतिक्रिया