उदपुर र  साेलुखुम्बुमा भएको छुट्टा छुट्टै सवारी दुर्घटना पारी दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका– ८ स्थित सिद्दीचरण राजमार्गको घुम्ती भन्ने स्थानमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

शनिबार राति ८ बजेको समयमा बेतीनीबाट कटारी तर्फ आउँदै गरेको स ११ प ३२२८ नम्बरको मोटरसाईकल र कटारीबाट लेखानी तर्फ गईरहेको ना ७ ख ४६१५  नम्बरकाे ट्रक एक आपसमा क्रस हुने क्रममा सडकको साईडको नालिमा मोटरसाईकल पल्टिएर दुर्घटना हुँदा मोटरसाईकलको पछाडि सवार उदयपुरको कटारी नगरपालिका– ३ बस्ने बर्ष ३७ को सन्तोष कार्कीको मृत्यु भएको हो ।

घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कटारीले मोटरसाईकल चालक कटारी नगरपालिका– ३ बस्ने बर्ष ३१ को नवराज कुँवर, ट्रक चालक उदयपुरको रौतामाई ४ बस्ने राजकुमार भुजेल लाई ट्रक र मोटरसाईकल सहित नियन्त्रणमा लिएको छ

त्यस्तै सोलोखुम्बुमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।  ट्याकटर र बोलेरो गाडी एक अर्काले साटा साट गरी चलाउने क्रममा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

शनिबार राति १० बजेको समयमा सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका– १ देउरालीबाट दाउरा अनलोड गरेर फर्कने क्रममा सोही गाउँपालिकाको बाघखोर भन्ने स्थानमा सल्यान गाउँपालिका– ५ बस्ने बर्ष १९ को सुमन शंकरले चलाएको ना ६ त ३१४६ नम्बरको ट्याकटर र ओखलढुङ्गाबाट नेचा सल्यान आउँदै गरेको सोही गाउँपालिका– २ बस्ने बर्ष २१ को छिरिङ राईले चलाएको प्रदेश १–०३–०१–०२२ च ०३१८३ नम्बरको बोलेरो गाडी एक अर्काले साटा साट गरी चलाएर नेचा तर्फ आउँदै गर्दा ट्याकटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा चालक छिरिङ राईको घटनास्थलमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया