सत्तारुढ दल समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन् ।

समाजवादी विद्यार्थी युनियनले मंगलबार आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिएका हुन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले नेपालमा घोकन्ते शिक्षा प्रणाली भएकाले गुणस्तरीय शिक्षा हुन नसकेकाले परीक्षा प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । अध्यक्ष भट्टराईले विश्वविद्यालयका पदाधिकारी नियुक्त दलीय भागबण्डामा हुने भएकाले त्यसको अन्त्य गरी प्रतिस्पर्धाका आधारमा हुनुपर्ने बताए । उनले विश्वविद्यालय सुधारका लागि पूर्णतया स्वायत्तमा लैजानुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया