काठमाडौँको  बानेश्वरमा  आईतबार बिहान  ‘मर्निङवाक’ निस्किएका एक डाक्टरलाई गाडी ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षिय डाक्टर प्रंभु जोशीलाई नम्बर नखुलेको  गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

हाल परिवारसँगै बानेश्वरस्थित संसद सचिवालयको १ नम्बर गेट अगाडि बस्दै आएका जोशीलाई उक्त गाडीले संसद भवनको दक्षिण गेट अगाडि नै बिहानकाे  ५ः३० बजे ठक्कर दिएर फरार रहेको महानगरीय प्रहरी वृत्त तीनकुनेका इन्सपेक्टर दीर्घ बोगटीले जानकारी  दिएका छन् ।

उनका अनुसार गाडीले ठक्कर दिएपछी तत्कालै सिभिल अस्पताल पुर्याएको डा. जोशीलाई पुर्याउन बित्तिकै चिकित्सकल मृत घोषणा गरेका थिए ।  जाेशीलाई ठक्कर दिने गाडी र चालकको सीसीटिभी फुटेजको माध्यमबाट खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया