विराटनगर । बाल सुधारगृह विराटनगरबाट दुई बालक फरार भएका छन् । सोमबार बिहान दुई बालक गृहको छतबाट हाम्फालेर भागेको प्रहरीले बताएको छ ।

झापा र मोरङ घर भएका दुई बालक फरक फरक मुद्दामा सुधार गृहमा बन्धक थिए । ज्यान मार्ने उद्योग र जबरजस्ती करणीको मुद्दामा ती दुबै बालक सुधार गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मोरङ प्रहरीले बालकको खोजीका लागि जिल्लाभरी सुरक्षाकर्मी परिचालन गरेको जानएको छ ।

तपाईको प्रतिक्रिया