महेन्द्नगर– कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीर्यय दीपक पन्तको कुटेर हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले हत्या आरोपमा पक्राउ परेका भीमदत्त नगरपालिका–४ का २० वर्षीय मनिष नाथ, २२ वर्षीय गणेश लुहार, २० वर्षीय रोनी भनिने नवीन सिंह र २२ वर्षीय विनोद बोहरालाई शुक्रबार सार्वजनिक गरेको छ ।

अभियुक्त चारै जनाले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

पन्तको बिहीबार छिमेकीको मोटरसाइलमा बुवा बिशनदत्त पन्तसँग आउँदै गरेका बेला भीमदत्त नगरपालिका–४ गोवरियास्थित सडकमा चारै जनाले दीपकसँग विवाद गरी कुटपिटसँगै चक्कु प्रहार गरेका थिए ।

दीपकको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीले घटनामा प्रयोग भएको चक्कु एक थान, से१प ३७७८ नंको मोटरसाइकल र म३प १०७० नंको स्कुटी बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरु चारै जनाले मादक पदार्थ र लागू औषध सेवन गरेका थिए । पक्राउ परेकाहरुले आफूहरुको मोटरसाइकल ओभरटेक गरेपछि ‘रिस उठेका कारण’ दीपकको हत्या गरेको बयान दिएका छन् ।

तपाईको प्रतिक्रिया