उदयपुर लिम्चुङबुङ गाँउपालिका-३ सिम्ले बस्ने भरत बहादुर मगरको छोरा १० बर्षीय ओपे भन्ने गणेश बहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरा स्थितको भीर नजिकै बालक मगरको लडी मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जनाकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ। निज नाबालक मानसिक सन्तुलन ठिक नभएको बुझीन आएको छ यस सम्बन्धमा अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया