नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १३ जना घाइते बनेका छन्।

काठमाडौँबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बसलाई ना ५ ख ९१९७ नम्वरको ट्रकले ठक्कर दिँदा १३ जना धाइे भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिए।

घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।

 

तपाईको प्रतिक्रिया