कैलालीको धनगढीस्थित सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका एक इन्जिनियर अढाई लाख घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग लिएको २ लाख ५० हजार रुपैयाँ घुसहित इन्जिनीयर त्रिलोक जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तिययारका प्रदीपकुमार कोइरालाका अनुसार भवन निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपलगायत काम गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना एवं निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय (कञ्चनपुर)बाट खटिएको टोलीले इन्जिनियर जोशीलाई रंगेहात पक्राउ गरेको हो।

२ लाख ५० हजार रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटबाटै उनलाई शुक्रबार नियन्त्रणमा लिइएको अख्तिययारका प्रवक्ता कोइरालाले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया