
खोटाङ मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर दिक्तेल सडक खण्ड मर्मत तथा पिच भइरहेको स्थानमा नै अज्ञात समूहले चार वटा स्काभेटरमा आगजनी गरेका छन् ।गोल्डेन गुड शेर्पा कन्ट्रक्सनको चार वटा स्काभेटरमा आगजनी भएको हो । प्रोजेक्ट म्यानेजर इन्जिनियर हिमाल पौडेलले आईतबार राती अज्ञात समूहले लम्सेखोला र पंखु खोलाको बिच भागमा राखेको ३ वटा र चखेवाभन्दा केही मुनि सडक निर्माणस्थलमा रहेको एउटा स्काभेटर अज्ञात समूहले आगजनी गरेको जानकारी दिएका छन ।























