काठमाडौंको डल्लुस्थित कंगेश्वरीबाट अपहरणमा परेका कृष्ण देउलालाई प्रहरीले अपहरण मुक्त गराउँदै अपहरणमा संलग्नलाई पक्राउ गरेको छ ।

विहान साढे सात बजे पक्राउ परेका देउलालाई तीन जनाको समूहमा रहेका अपहरणकारीले अपहरण गरेको सूचना प्रहरीले पाएको थियो । सूचना पाए लगत्तै सक्रिय बनेको प्रहरीले चार घण्टा वित्न नपाउँदै अपहरणकारीलाई पक्राउ गरेको छ ।

देउवा अपहरणमा परेको खबर काठमाडौं प्रहरी परिसरका प्रवक्ता एबं डिएसपी होबिन्द्र बोगटीले पाएसँगै उनले सबै क्षेत्रको प्रहरीलाई खबर गरेका थिए ।

तीन जनाको समूहले उनलाई सेतो भ्यानमा लगेको प्रत्यक्षदर्शीहरुले बताएका आधारमा प्रहरी अपहरणकारीको खोजीमा जुटेको थियो । अन्तत धादिङको खानीखोला प्रहरीले अपहरणकारीलाई नियन्त्रण गर्‍यो ।

देउलालाई अपरहण गर्न अपहरणकारीको समूह चितवनबाट काठमाडौं आएको थियो । आर्थिक लेनदेनमा समस्या भएपछि देउलालाई उनीहरुले अपरहण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकालाई काठमाडौं प्रहरी परिसर टेकु ल्याउने काम भइरहेको डिएसपी होबिन्द्र बोगटीले बताए ।

तपाईको प्रतिक्रिया