इटहरी । नेकपाका जीवन सुवेदी धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा एक मतको अन्तरमा बिजयी भएका छन् । नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका हुन् ।

परिणामको औपचारिक घोषणा हुन बाँकी रहेकाे छ । परिणामबाट असन्तुष्ट नेपाली कांग्रेसले पुनः मत गणना गर्न माग गर्दै निवेदन दिएको छ ।

तपाईको प्रतिक्रिया