ईलामको सन्दकपुर गाउँपालिका-२ गिताङ बस्ने ४७ वर्षिय बिर बहादुर राई खोलाको दहमा मृत अवस्थामा फेला परका छन् । मंगलबार बेलुका ८ बजे देखी हाराई बेपत्ता भएका उनलाई आफन्तले खोजतलास गर्दै जाने क्रममा आज बिहान सवा ८ बजेको समयमा सोही स्थानमा रहेको गिताङ र राते खोलाको दोभानको दहमा मृत अबस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बन्दुकेबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरीको टोली खटिगई कानूनी प्रकृया गरिरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया