नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलमा बुद्ध एयरको जहाजमा ठोक्किएर एक बँदेलको मृत्यु भएको छ । मंगलबार साँझ काठमाडौंवाट नेपालगन्ज विमानस्थलमा पुगेको उक्त जहाज ६ः२५ बजे ल्याण्ड हुँदै गरेको अवस्थामा जंगली जनावर बँदेल ठोक्किएको हो ।

ल्याण्ड भएको जहाज धावनमार्गमा कुदीरहेको बेलामा पछाडीको चक्कामा आएर ठोक्किएको बँदेलको मृत्यु भएको बुद्ध एयरका नेपालगञ्ज प्रमुख विनित शाहले जानकारी दिए । झाडीबाट दौेडेर आएको बँदेल अचानक विमानमा ठोक्किए पनि जहाज र यात्रु भने सकुशल रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया