जनकपुर /   धुमधामसँग महोत्सव आयोजना गर्ने अनि महोत्सव पछिको फोहोरलाई व्यवस्थान भने नगर्ने परम्परा जस्तै नै भइसकेको छ । त्यस्तै जनकपुरमा पनि सप्ताहव्यापी महोत्सव विवाहपञ्चमी धुमधामको साथ सकियो तर जनकपुरधामको रंगभूमि मैदानमा थुप्रिएको फोहोर मौलालाई व्यवस्थापनमा भने कोहि अग्रसर देखिएनन्

 

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव सकिए पछि दुर्ग्न्धित बनेको छ जनकपुरधामको रंगभूमि मैदान । लाखौँको संख्यामा त्यहाँ श्रद्धालु भक्तजनहरु विवाहपञ्चमी महोत्सवमा सहभागि हुन गएका थिए । तर सम्बन्धित निकायले उचित व्यवस्थापन भन गर्न नसकको देखिएको छ । लाखौँको संख्यामा गएका श्रद्धालु भक्तजनहरुको बसोबास तथा शौचालयमा उचित व्यवस्थापन नहुँदा अहिले रंगभूमि मैदान पूर्ण रुपले दुर्ग्न्धित बनेको छ ।

महोत्सव सकिएको दुई दिन बितिसक्दा पनि सम्वन्धित निकायले चासो नदेखाउदा फोहोद व्यवस्थापन हुन सकेको छैन । मंसिर १० गते देखि १६ गते सम्म चलेको सीताराम विवाहपञ्चममीमा अत्याधिक संख्यामा श्रद्धालुहरु जनकपुधाम पुगेपछि होटेलको अभावमा तिनीहरुले खुल्ला ठाउँमा बसोबास गरेका थिए । बेला बेलामा विभिन्न सरसफाई अभियानीहरुले नगरको विभिन्न क्षेत्रमा सरसफाई गर्दै आएका छन् तर यस हिले अत्याधिक दुर्ग्न्धित बनेको रंगभूमि मैदानमा भने कसैको ध्यान जान सकेको छैन । जसले गर्दा आवात जावात गर्नेहरुलाई आवात जावातमा समेत समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया