ललितपुर एकान्तकुनामा रोकिराखेको टिपरमा स्कुटर ठो क्किँदा दुई जनाको ज्यान गएको छ । बिहीबार बेलुकी पौने ८ बजेतिर यातायात व्यवस्था कार्यालय अगाडि बिग्रिएर पार्किङ गरिएको ना ८ ख २८ २६ नम्बरको टिपरमा ठो क्किदा स्कुटरमा सवार दुई जनाको ज्यान गएको हो ।

बा ८७ प २२८५ नम्बरको स्कुटर टिपरमा गएर ठो क्किँदा स्कुटरमा सवार मुगु घर भई ललितपुरको ग्वार्कोमा बस्दै आएका पावल साउत र झापाकी १६ वर्षकी प्रतिमा केसीको ज्यान गएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले प क्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया