alt

मोरङको कटहरी गाउँपालिका–१ स्थित एउटा बेबारिसे शव शुक्रबार बिहान फेला परेको छ । हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।

मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले अन्दाजी ५०÷६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा लगिएको छ ।

मृत्यु भएका पुरुषको कुनै पहिचान नभएका कारण घटनास्थलको मुचुल्का उठाउँदै शव पोस्टमार्टमका लागि लगेर अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

अत्यधिक मदिरा सेवन गरेका कारण गन्तव्यसम्म पुग्न नसक्दा खुल्ला चउरमा सुतेको र चिसोले कठ्याङ्ग्रिएर त्यही मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाईको प्रतिक्रिया