रुपन्देहीमा आमाबुवाको आफ्नै छोराले हत्या गरेका छन् । ओमसतिया गाउँपालिका-४ का गोरखबहादुरले घरमै बसिरहेका ७२ वर्षीय बुवा रामनारायण यादव र ७० वर्षीया आमा थगना यादवको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेका अनुसार हतियार प्रहारबाट रामनारायणको घटनास्थलमै मृत्यु भएको हो भने गम्भीर घाइते थगनाको युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हाे ।

प्रारम्भिक अनुसन्धानमा उनको मानसिक सन्तुलन ठीक नभएको पाइएको प्रहरीले बताएको छ । छोरा गोरखबहादुरलाई नियन्त्रणमा लिइ थपअनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया