मोरङको सुन्दरहरैचा १० स्थित दाजु भाई चौकमा निर्माण हुँदै गरेको घरको तेस्रो तलाबाट लडेर एक व्यक्तीको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा सुन्दरहरैचा १० का वर्ष ४४ को श्याम रिजाल रहेका छन ।

भर्खर बन्दै गरेको नरसिह लिम्बुको घरमा पलम्बरको काम गर्ने क्रममा तेस्रो तलाबाट लडेर रिजालको मृत्‍यु भएको प्रहरी स्रोतले जनाएको छ । रिजालको विपी स्वास्थ्य विज्ञान प्रतिस्ठान घोपा धरानमा उपचारको क्रममा मृत्‍यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया